न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री आर्डर्नले गरिन् विवाह
काठमाडौं । न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले शनिबार आफ्ना प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन् । जसिन्डा आर्डन र क्लार्क गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए । जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले सन् २०२२ मा बिहे गर्ने तय भएपनि कोरोनाको बढ्दो केसका कारण उनीहरुले आफ्नो विवाह स्थगित गरेका थिए । लामो समयपछि दुवैले एक निजी समारोहमा विवाह गरेका हुन् । सन् २०१७ मा मात्र ३७ वर्षको उमेरमा जसिन्डा आर्डर्न न्यूजिल्याण्डको प्रधानमन्त्री बनेकी थिइन् ।
न्यूजिल्याण्डको राजधानी वेलिङ्टनबाट ३२५ किलोमिटर टाढा रहेको हक्स बे क्षेत्रमा विवाह समारोह आयोजना गरिएको थियो । जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गरे । यस विवाह समारोहमा पूर्व प्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए । पूर्व प्रधानमन्त्री जसिन्डा आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्ड २०१४ देखि सँगै छन् । करिब पाँच वर्षपछि उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । तर, कोभिड–१९ प्रतिबन्धका कारण १०० जना मात्र उपस्थित हुन सकेका थिए । उनीहरुले सन् २०२२ मा विवाह गर्ने निर्णय गरेका थिए . कोरोनाका बढ्दो केसका कारण उनीहरुले विवाह स्थगित गरेका थिए ।
जसिन्दाले कोरोना अवधिमा धेरै महत्त्वपूर्ण निर्णय लिएकी थिइन् जसका कारण उनको कामको पनि प्रशंसा भएको थियो । प्रधानमन्त्री पदमा रहँदा उनले बच्चालाई पनि जन्म दिइन् । आफ्नी नवजात छोरीलाई संयुक्त राष्ट्र महासभामा पनि लिएर गएकी थिइन् । यद्यपि ज्यासिन्डा आर्डर्नले जनवरी २०२३ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।











