सन्दीप लामिछानेको क्रिकेट करियर लगभग समाप्त, अब के जेल जालान ?
काठमाडौं । नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको समस्या कम हुने संकेत देखिएको छैन । जनवरी १० मा अदालतले बलात्कार मुद्दामा ८ वर्षको जेल सजाय सुनाएपछि नेपाल क्रिकेट संघले पनि सन्दीपलाई कारबाही गर्दै निलम्बन गरेको छ ।
अदालतको फैसलापछि नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको हो । यो निर्णयपछि उनले अब घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने छैनन् ।
नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टोलीबाट निकालिएको छ । अब यी खेलाडीले न त क्रिकेटको कुनै पनि फर्म्याट खेल्न पाउनेछन् न कप्तानी नै गर्न सक्नेछन् । बोर्डको यो निर्णयपछि सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटका साथै घरेलु प्रतियोगितामा पनि खेल्न पाउने छैनन् ।
वास्तवमा सन्दीप लामिछानेमाथि किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । त्यसपछि यस विषयमा अनुसन्धान सुरु भएको थियो । नेपाली टोलीको कप्तानी पनि सन्दीप लामिछानेले गरेका छन् । अदालत र नेपाल क्रिकेट बोर्डको यो फैसलापछि अब सन्दीप लामिछानेको क्रिकेट करियर लगभग सकिएको देखिन्छ ।
उनले नेपालका लागि हालसम्म ५१ एकदिवसीय र ५२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले एकदिवसीयमा ११२ विकेट र टी–२० मा ९८ विकेट लिएका छन् ।
सन्दीप लामिछानेलाई बुधबार काठमाडौं जिल्ला अदालतले आठ वर्षको जेल सजाँय तोकेपछि ‘उनी कहिले जेल चलान हुन्छन्’ भन्ने चासो व्यापक छ ।
तर अदालतको आदेशअनुसार उनले तत्काल जेल जानुपर्ने छैन । यसैगरी उनले गौसाला २६ नाम दिइएकी पीडित किशोरीलाई तिर्नुपर्ने भनिएको २ लाख रुपैयाँ क्षतिपूर्ति र ३ लाख रुपैयाँ जरिवाना पनि तत्काल तिर्नु पर्ने छैन ।
अदालतले सन्दीपलाई बाहिरै बसेर पुनरावेदन गर्न पाउने छुट दिएको छ । नाबालिग बलात्कारको मुद्धा परे पनि पीडित किशोरी बालिग भइसकेको अदालतको आदेशमा उल्लेख छ ।
अधिवक्ता ज्योतीराम फुयालका अनुसार जिल्ला अदालतको फैसलाले सन्दीपलाई मुद्धाको अन्तिम किनारा नलागेसम्म बाहिरै बसेर पुनरावेदन गर्ने छुट दिएको छ ।















