आज ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस,देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रूपमा स्मरण गर्ने गरिन्छ ।
उनले त्यस बेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । त्यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा मनाउने गरिएको छ ।
दिवसको सन्दर्भमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो ।
केही वर्षयता भने फेरि सरकारले दिवस मनाउने र सार्वजनिक बिदा दिने गर्दै आएको छ ।