टेकनाथ रिजाल थुनामुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन् ।
उच्च अदालत पाटनले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए ।
उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको कारागारका एक अधिकारीले बताए ।