यूएईबाट काठमाडौं आएको जहाजको शौचालयमा नवजात शिशु फेला
काठमाडौं । एअर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार यूएईबाट काठमाडौं आएको एअर अरेबियाको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
जहाज यूएईको शारजाह विमानस्थलबाट आज बुधवार बिहान ९ बजेर १० मिनेटमा काठमाडौंमा अवतरण गरेको थियो ।
वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको विमानस्थल स्रोतले जनाएको छ ।










