भुटानको राष्ट्रिय दिवसको अवसरमा अमेरिकन सरकारले दियो शुभकामना
सहयात्री ढकाल/
कोलम्बस, अमेरिका / भुटानको एक सय १६ औँ राष्ट्रिय दिवसको अवसरमा अमेरिकी सरकारले शुभ कामना दिएको छ। बाइडेन सरकारले प्रेस विज्ञप्ति मार्फत शुभकामना दिएको हो।
प्रत्येक वर्ष १७ डिसेम्बरमा भुटानको राष्ट्रिय दिवसको मनाइँदै आएको छ। बाइडेन सरकारले राष्ट्रिय दिवसको अवसरमा अमेरिकन सरकार र जनताको तर्फबाट शुभकामना दिएको हो।
सेक्रेटरी अफ स्टेटका एन्टोनी जे ब्लिन्केन राज्य सचिवको तर्फबाट प्रेषित विज्ञप्ति भनिएको छ,’संयुक्त राज्य अमेरिकाको तर्फबाट, म डिसेम्बर १७ मा भुटान अधिराज्यको राष्ट्रिय दिवस मनाउने अवसरमा भुटानका जनतालाई हार्दिक बधाई ज्ञापन गर्दछु।’
प्रेस विज्ञप्तिमा दुई देशका जनताको न्यानो मित्रताको इतिहास र अझ शान्तिपूर्ण, समृद्ध र समतामूलक विश्व निर्माण गर्ने प्रतिबद्धता साझा छ भनिएको छ।
संयुक्त राज्य अमेरिका हाम्रा जनताहरू बिचको सम्बन्धलाई सुदृढ गर्न र जलवायु परिवर्तन जस्ता साझा चुनौतीहरूलाई सम्बोधन गर्न सँगै मिलेर काम गर्न तत्पर छ।’थप भनिएको छ।
उक्त प्रेस विज्ञप्तिमा भुटानका जनता र संयुक्त राज्य अमेरिकाको सरकारको तर्फबाट म भुटानका जनतालाई यो विशेष अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’ भनिएको छ।
त्यसै गरी एजेन्सीहरूका अनुसार राष्ट्रिय दिवसको अवसरमा भुटानका राजाले भारतसँगको रेलवे परियोजनालाई बिस्तार गर्ने जनाएका छन्।
यो महत्त्वाकाङ्क्षी पूर्वाधार पहलले भुटानको गेलेफुलाई असमको कोक्राझारसँग रेल लिङ्कमार्फत जोड्ने लक्ष्य राखेको छ, जसले दुई छिमेकी राष्ट्रहरू बिचको कूटनीतिक र आर्थिक सम्बन्धमा महत्त्वपूर्ण कोसे ढुङ्गाको रूपमा चिन्ह लगाउँछ।
एजेन्सीका अनुसार भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले आइतबार (डिसेम्बर १७) मा आफ्नो राष्ट्रिय दिवसको सम्बोधनमा भुटान र भारतबिच पहिलो पटक रेल जडान निर्माण गर्ने ग्राउन्डब्रेकिंग रेलवे परियोजनालाई हाई लाइट गरेका छन्।















