एनआरएन बद्री समूहको मनोनयनप्रति कार्यसमितिमै विवाद

पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनमा आफूलाई संस्थापन दावी गर्ने डा. बद्री समूहको बैठकपछि त्यही समूहमा रहेकाहरुले असन्तुष्टि जनाएका छन् । १७ तारिखमा बसेको बैठकले विभिन्न पदहरुमा नियुक्ति गर्दा नातावाद कृपावाद लागू गरेपछि कार्यसमितिमा रहेकाहरुको असन्तुष्टि बढ्न थालेको हो ।
उता अर्को राजेन्द्र कुमार (आरके) शर्म समूहले पनि समानान्तर गतिविधि गरिरहेको छ भने परराष्ट्र मन्त्रालयबाट पनि संस्थान नविकरण भएको छैन । यस्तो अवस्थामा केसी समूहको बैठकले एनसीसी अध्यक्षका श्रीमती, पदाधिकारीका भाइ र निर्वाचन समितिमै भएकाहरुलाई मनोनयन गरेको थियो ।
मनोनयनको लिस्ट सार्वजनिक भएपछि केसी समूहमै रहेका नेपाली कांग्रेस निकटका एनआरएनए अभियन्ताहरुले भने असन्तुष्टि जनाएका छन् । मनोनयनमा एमालेकरण भएको भन्दै र नातावाद कृपावाद लागू भएपछि आफूहरु असन्तुष्ट भएको उनीहरुको भनाई छ ।
उपमहासचिव प्रवीण गुरुङले केसी समूहलाई निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संस्थालाई विवादित बनाउन भन्दा पनि एकताबद्ध गराउनका लागि निर्णय सच्याउन अनुरोध गरेका छन् ।
हेर्नुस प्रवीण गुरुङको अपिल ।

यसैगरी अर्का उपमहासचिव सोम सापकोटाले पनि गरिएको मनोनय प्रति असन्तुष्टि जनाएका छन् । उनले पनि संस्थालाई एकताबद्ध बनाउनका लागि अनुरोध गर्दै निर्णय सच्याउन आग्रह गरेका हुन् ।
हेर्नुस सोम सापकोटाको विज्ञप्ति
