अमेरिका चुनाब : पार्टीमा ट्रम्पको बलियो पकड
पेन्सिल्भेनिया । आउने वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतिय पदको चुनावका लागि उम्मेदवारहरुले तयारी सुरु गरिसकेका छन् । डेमोक्याट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन उम्मेदवार बन्ने पक्का भइसकेको छ भने रिपब्लिकन पार्टीभित्र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहितले आन्तरिक प्रतिस्पर्धा जारी राखेका छन् ।
रिपब्लिकन पार्टीबाट ट्रम्प नै उम्मेदवार बन्ने लगभन निश्चित जस्तै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । सोमबारको रोयटर्स÷इप्सोस ओपिनियन पोल अनुसार ट्रम्पले २०२४ को रिपब्लिकन राष्ट्रपति पदको उम्मेदवारीको दौडमा आफ्नो बलियो दाबीलाई कायम राखेका छन् । उनलाई पार्टीका आधाभन्दा बढी मतदाताको समर्थन छ । भारतीय मूलका विवेक रामास्वामी र निक्की हेली पनि ट्रम्पका अगाडि निकै कमजोर साबित भएका छन् ।
सर्वेक्षणको नतिजा अनुसार ६१ प्रतिशत रिपब्लिकन मतदाताले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनको प्रतिद्वन्द्वी छान्न मतदान गर्ने बताएका छन् । ट्रम्पको आफ्नो नजिक कतै पनि प्रतिद्वन्द्वी छैन । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस र दक्षिण क्यारोलिनाका पूर्व गभर्नर निक्की हेलीलाई ११–११ प्रतिशत मात्र मतदाताको समर्थन प्राप्त भएको छ । उद्योगपति विवेक रामास्वामीले मात्र ५ प्रतिशत मत पाएका छन् । न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टीले दुई प्रतिशत मत पाए पनि आठ प्रतिशत मतदाताले कुनै निर्णय लिन सकेनन् । सर्वेक्षणले रिपब्लिकन मतदातालाई ट्रम्पविरुद्ध लागेका विभिन्न आपराधिक आरोपबाट प्रभावित नभएको स्पष्ट पारेको छ ।
सर्वेक्षणले रिपब्लिकन विरोधी मतदाताहरूमाझ ट्रम्पको केही प्रतिद्वन्द्वीहरूमध्येको स्थितिमा सुधार भइरहेको संकेत पनि फेला पारेको छ । तर पनि उनी ट्रम्पभन्दा धेरै पछाडि छन् । यो अनलाइन सर्वेक्षण डिसेम्बर ६ देखि डिसेम्बर ११ को बीचमा गरिएको थियो ।














