पोखरा थन्डर्स एनएसएलको शीर्ष स्थानमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलमा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार भएको खेलमा स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउनका लागि सञ्जीव विष्टले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इलामले ४७ औं मिनेटमा निर्णायक गोल गरेको थियो । पोखराका मार्की खेलाडी आयुष घलानले प्रहार गरेको कर्नर किकलाई इलामका खेलाडीले क्लियर गर्न असफल भएका थिए ।

उक्त बललाई सञ्जीवले सहजै गोलमा परिणत गर्दै १–० को अग्रता दिलाए । सोही अग्रता अन्तिम समयसम्म कायम राख्दै पोखराले स्पष्ट ३ अंक लिन सफल भयो । सोही ३ अंक तालिकामा थप गर्दै पोखरा शीर्ष स्थानमा उक्लिदा यसअघि शीर्ष स्थानमा रहेको धनगढी एफसी भने दोस्रो स्थानमा झरेको छ पराजित भएको इलाम ४ खेलबाट ३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।