प्रसाईं समर्थक र प्रहरीबीच झडप
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच गौशालामा सामान्य झडप भएको छ ।
प्रदर्शनकारीले सोमबार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।
नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईंले सोमबार धार्मिक अगुवालाई उतारेका छन् ।
धर्म गुरु परिवारको आव्हानमा श्रीनिवास आचार्यसहित आन्दोलनमा निस्किएका थिए ।
उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग गरेको थियो ।
प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेको थियो ।
प्रहरीले सडक सूचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
सभामा नागरिक बचाऊ अभियानका संयोजक प्रसाईं समेत पुगेका थिए ।
प्रहरीले केहि प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
त्यसअघि सभामा श्रीनिवास आचार्यलगाएतले आन्दोलन चर्काउनुपर्ने भन्दै उत्तेजक भाषण दिएका थिए ।












