चलचित्र ‘परदेशी २’ अमेरिकामा पनि, नर्थ क्यारोलिनामा सोमबार देखि
नर्थ क्यारोलियना/ नेपाली कथानक चलचित्र परदेशी २ अमेरिकामा सोमबार बाट प्रदर्शनमा आउने भएको छ।
नारायण रायमाझीको निर्देशन रहेको परदेशी २ अमेरिकाको नर्थ क्यारोलिनाको ग्रीन्सबोरोमा रहेको रेड सिनेमा हलमा सोमबार र मंगलवार साँझ सात बजेबाट प्रदर्शन हुने छ।
नेपाल ११ इन्टरनेन्टमेन्टका सिइयो प्याट्रिक सुवेदीका अनुसार चलचित्रका निर्देशक रायमाझी दुवै सोमा दर्शक माझ रहने छन्।
सुवेदीले टेक्सस, क्यालिफोर्निया र सिकागोमा पनि चलचित्र परदेशी २ प्रदर्शनका लागि तयारी भइरहेको बताए।
चलचित्रमा चर्चित गायक प्रकाश सपुत, प्रशान्त तामाङ, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतको अभिनय रहेको छ।
निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपर हिट चलचित्र बनाएका थिए।
‘परदेशी २’ दसैँको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट नेपालमा प्रदर्शनमा आएको हो । यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो।