एनएसएलमा धनगढीको विजयी सुरुआत
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग एनएसएलमा गत संस्करणको उप विजेता धनगढी एफसीले विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा धनगढीले विरगञ्ज युनाइटेडमाथि २-१ गोल अन्तरको जित दर्ता गरेको हो ।
धनगढीलाई जित दिलाउन फाडे फोफाना, अहमद हिजाजीले एक एक गोल गर्दा वीरगंजका लागि हान्स कोफिले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा नै गोल गर्दै धनगढीले खेलमा अग्रता बनाएको थियो । धनगढीका लागि फोडे फोफानाले गोल गर्दै अग्रता दिलाएका हुन् । उनले अफिज ओलाओलेले डिबक्सभित्र उपलब्ध गराएको पासमा कुनै गल्ति नगरी बललाई जाली चुमाएका थिए ।
पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा धनगढीका डियाग्ने फालोउले वीरगंजले पाएको कर्नर प्रहारमा डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा वीरगंजका हान्स कोफिले कुनै गल्ति नगरी बराबरी गोल गरे ।
बराबरी तर्फ उन्मुख खेलको ८९ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अहमद हिजाजीले गोल गर्दै धनगढीलाई अन्तत: २-१ गोलको जित दिलाए । कृतिश रत्न छुन्जुको पासमा हिजाजीले गोल गरेका हुन् । जितसँगै धनगढी एफसीले ३ अंक जोडेको छ ।








