पत्नी वियोगमा परेका प्रधानमन्त्रीले भाइटीका नलगाउने
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसपटकको यस वर्षको तिहार सुनसान नै बित्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यसपटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएन।
त्यहाँ भाइटीकाको कुनै औपचारिक कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत असार २७ मा प्रधानमन्त्री दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको थियो।














