अमेरिका सहित विभिन्न देशका लागि यस पटको बडा दसैँ शुभसाईत :पण्डित राजेन्द्र खनाल
भर्जिनिया/बडादसैँको हार्दिक शुभकामनासहित अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले टीकाको साइत जुराएको छ ।
यस वर्षको दसैँको टीकाको साइत नेपालका लागि कार्तिक ७ गते ११:०२ बजे जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले टीकाको साइत जुराएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको असोज २१ गते बसेको बैठकले टीकाको शुभ साइत र समय तालिका निर्धारण गरेका छन् ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले कुन देशमा कति बजे टीका लगाउने भन्नेबारे शुभ साइत र समय निकालेको छ। नेपालमा भने कार्तिक ७ गते ११:०२ बजे टीकाको उत्तम साइत जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
कुन देशमा कति बजे कहिले टीका लगाउने ?
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिका सदस्यसचिव लक्ष्मण पन्थीसँगको कुराकानीका आधारमा अमेरिका र क्यानडामा २३ तारिखको शुभ साईत जुरेको छ।
कोरिया, कतार, मलेसिया, दुबई, साउदी अरब, जापान, अस्ट्रेलिया, पोर्चुगल, बेलायत, थाईल्यान्ड, भुटान, बर्मा, सिंगापुर, नर्वे, स्विट्जरल्यान्डमा अक्टोबर २४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।
अमेरिकाको न्यु योर्क अक्टोबर २३ तारिख १०ः४७ बजे, वासिङ्टन डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर १०ः ५३ बजे, केन्टुकी ११ः३१ बजे, टेक्सस ११:३ बजे र क्यालिफोर्निया १०:३१ बजे सोही दिन अक्टोबर २३ तारिख दसैँको टीकाको शुभ साइत जुरेको छ ।
त्यसै गरी सोही दिन अक्टोबर २३ तारिख ११:१७ बजे क्यानडाको टोरन्टोमा बस्नेले दसैँको टीका लगाउनको लागि उत्तम साइत जुरेको छ।
तलको विज्ञप्तिमा प्राय धेरै वटा देश तथा ठाउँको शुभसाईत हेर्न सक्नु हुनेछ ।
















