एकै दिन सुनको मूल्य १४ सय घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ।
बुधवार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधवार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसै गरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधवार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।