मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल
काठमाडौं । गायिका मिलन नेवार र गायक आनन्द कार्कीको आँखा सँग बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतकार ध्रुव प्रसाद अम्गाईंको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीतकार राज सागरको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ ।
निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन् ।














