राष्ट्रपति पौडेल लक्षित ओलीको कडा टिप्पणी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल लक्षित कडा टिप्पणी गरेका छन् । नेकपा एमालेको मुख्यालय च्यासलमा आज भएको एक कार्यक्रममा ओलीले राष्ट्रपति पौडेललाई बुढेसकालमा राष्ट्रपति भएकालेम मख्ख परेर बसेको आरोप लगाए ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले विवादास्पद व्यक्तिहरुलाई पनि माफि दिएको प्रशंग निकाल्दै एमाले अध्यक्ष ओलीले सरकारले जे प्रस्ताव लगे पनि राष्ट्रपति पौडेलले खुरुखुरु सदर गरेर राजनीतिको अपराधीकरण र अपराधको राजनीतिक करणलाई बैधता दिएको टिप्पणी गरे ।
साल असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएर दाङ घोराही कारागार बाट रिहाइ भएका थिए ।










