सदस्य–सचिव घिसिङ झन्डोत्तोलनमा सहभागी
काठमाडौं/ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १९ औँ एसियाली खेलकुदमा सहभागी नेपाली टोलीका चिफ दि मिसन टंकलाल घिसिङ हाङझावस्थित एथलिथ भिलेजमा आयोजित झन्डोत्तोलन कार्यक्रममा सहभागी भएका थिए ।
सो अवसरमा एसियाडमा सहभागी नेपालसहित ४५ राष्ट्रका प्रतिनिधि, खेलाडीको उपस्थितिमा आ–आफ्नो राष्ट्रका राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको थियो ।
त्यसै अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ र आयोजकका प्रतिनिधिबिच मायाको चिनो आदान–प्रदान गरिएको थियो ।















