भाषणमा दुःख व्यक्त गरेर मात्र प्रतिभा पलायन रोक्न सकिँदैन : शिक्षामन्त्री राई

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले भाषणमा दुःख व्यक्त गरेर मात्र प्रतिभा पलायन रोक्न नसकिने बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोहको कार्यक्रममा उनले युवालाई राज्यले यथोचित सम्मान पनि दिन नसक्ने, यथोचित वातावरण पनि दिन नसक्ने अनि पलायन रोकौँ मात्र भनेर नहुने तर्क गरे ।
उनले भने, ‘हामी प्रतिभाहरू पलायन भए भन्छौँ । हामीले उनीहरूलाई यथोचित सम्मान दिन नसक्ने, यथोचित वातावरण पनि दिन नसक्ने हो भने स्वाभाविक रूपमा ‘ब्रेन ड्रेन’ भइहाल्छ । खाली भाषणमा दुःख व्यक्त गरेर मात्र रोकिँदैन ।’
प्रतिभालाई स्वदेशमै राख्न सबै सरोकारवाला अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले शिक्षा क्षेत्रमा आएका सकारात्मक प्रगतिलाई अझै बढाएर लानुपर्ने बताए ।