अमेरिकी डलर सर्वाधिक महँगो
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४२ रुपैयाँ २६ पैसा र बिक्री दर १४२ रुपैयाँ ९१ पैसा रहेको छ । अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य कायम गरेको हो ।
बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको विनिमय दर गत बुधबारबाट पछिल्लो तीन दिन लगातार बढेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६१ पैसा र बिक्री दर १६६ रुपैयाँ ३६ पैसा रहेको छ,भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।














