४७ पैसा दरले बढ्यो डलरको भाउ,अरूको विनिमय दर कति छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ । हिजो डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो । हिजोको तुलनामा डलरको भाउ बढेको छ ।
यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ ।
बुधवार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा गरेको राष्ट्र बैङ्कले जनाएको छ ।














