गैर आवासीय नेपाली संघ अमेरिकामा सूर्य लम्साल निर्विरोध, महासचिवमा बञ्जरा

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया, अमेरिका/ गैर आवासीय नेपाली संघ अमेरिकाको आगामी कार्यकालको अध्यक्षमा सूर्य लम्साल निर्विरोध भएका छन्। उनी हालका अध्यक्ष पनि हुन्।
लम्सालको कमिटी एनआरएनए आइसीसीमा फुटेर बनेको विनोद कुँवर अध्यक्ष रहेको कमिटी सँग आबद्ध रहेको संस्था हो।
निर्वाचन कमिटीले शुक्रवार अन्तिम नामावालि प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबारलाई निर्वाचन मिति तय गरिएको छ।
एक पदाधिकारीका अनुसार सुरुमा वर्तमान वरिष्ठ उपाध्यक्ष ज्ञानल थापाले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए। तर पछि क्षेत्रीय संयोजक कृष्ण पोखरेलको सक्रियतामा थापालाई आइसीसी सदस्य बनाउँदै लम्साललाई पुन अध्यक्षमा निरन्तरता दिइएको हो।
वरिष्ठ उपाध्यक्षमा नवराज सुवेदी निर्विरोध भएका छन्। महासचिवमा यदु बञ्जराले निरन्तरता पाएका छन्।
अध्यक्ष लम्सालको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सरिता गुरुङले राजीनामा दिए पछि खालि भएको स्थानमा बञ्जरा केही हप्ता अगाडि मात्र महासचिवमा मनोनीत भएका थिए।
लम्साल र बञ्जरा दुबै जना विधुत इन्जिनियर हुन्। लम्साल न्यु योर्क र बञ्जरा पेन्सिल्भेनियामा विधुत प्राधिकरणमा कार्यरत छन्।
उनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा कार्यसमितिमा ठुलो मतभेद भएको बताइएको छ। विशेष गरी डिल्लीराम ढुङ्गानाले बञ्जराको आगमनमा सबै भन्दा धेरै आपत्ति जनाएका थिए।
ढुङ्गाना आफै महासचिवको दाबेदार थिए। उनले बाहिरबाट मान्छे ल्याएर संस्था कब्जा गर्न लागेको भन्दै आपत्ति जनाएका थिए। तर अन्तमा उनी तीन मध्ये एक सचिवमा खुम्चिएको ती पदाधिकारीको भनाई ।
लम्साल कार्यसमिति निर्विरोध हुनु अगाडि कार्यसमितिको पदाधिकारीहरुको जुहारी …
लम्साल नेतृत्वको नयाँ कार्यसमितिको नामावाली
लम्साल एनआरएनए अमेरिकाका मतदाताहरु