पाल्पामा स्कार्पियो माथि ढुङ्गा खस्यो, तीन जनाको ‘निधन’

काठमाडौँ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो (ढुङ्गा)खसेको छ ।
पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा तीन जनाको च्यापिएर निधन भएको जनाइएको छ ।
जिपमा सवार ८ जना मध्य केहीलाई उद्धार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ ।
उद्धारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गए पनि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।