रुसको विमानस्थलमा ड्रोन आक्रमण
काठमाडौँ । रुसका स्थानीय सञ्चार माध्यमका अनुसार रुसको उत्तर पश्चिमी सहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको छ ।
स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको छ । गभर्नरले भिडियो सेयर गर्दै आक्रमण भएको पुष्टि गरेका छन् । जसमा विस्फोटको आवाज सुन्न सकिन्छ भने आगलागी भइरहेको पनि देख्न सकिन्छ ।
रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्स पोर्ट विमानमा क्षति पुगेको जनाएका छन् । रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको उल्लेख गरेको छ ।