बाबुराम भट्टराई डेंगीबाट सङ्क्रमित

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई डेंगीबाट सङ्क्रमित भएका छन् ।
पूर्वप्रधनमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बुधवार बिहान सामाजिक सञ्जाल मार्फत आफूलाई डेंगी भएको सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्,‘अकस्मात् डेंगीको संक्रमणले गर्दा पूर्व तयारी अनुरूपको पश्चिमोत्तर गोरखाको दूध पोखरी पैदल यात्रा रद्द गर्नुपर्दा दुःखित छु ।’
सङ्क्रमणका कारण पश्चिमोत्तर गोरखाको दूध पोखरी पैदल यात्रा रद्द गर्नु परेको पनि जनाएका छन् ।
