अश्लील फोटो तथा भिडियो राख्ने एक युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो तथा भिडियो राखेर चरित्रहत्या गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला, भक्तपुर – १४ बस्ने वर्ष २५ का सुसन चौगुठी रहेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा केटी साथीहरूलाई रिक्वेस्ट पठाई साथी बनाउने र प्रेमजालमा पारी विभिन्न बहानामा खिचिएका अश्लील फोटो तथा भिडियोहरूको दुरुपयोग गरेको आरोप छ ।
नक्कली आइडी मार्फत उक्त फोटो तथा भिडियो पीडितको आफन्तलाई समेत पठाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ चौगुठीलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोलाई पठाइएको छ ।