मधेशप्रति अन्याय हुने महसुस भएर उम्मेदवारी फिर्ता लिएँ : सांसद पराजुली
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले, मधेशीप्रति अन्याय हुन सक्छ भन्ने महसुस भएर आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिएर उनले जनमत पार्टीका सांसद अब्दुल खानलाई निर्विरोध गराएर पछि उनले मधेसी र सीमान्तकृत जनताप्रति अन्याय हुन सक्ने महशुुुस भएर न्यायका लागि खानलाई निर्विरोध गराएको बताएका हुन् ।
उनले भने,‘हामीले निर्वाचनमा लड्दै गर्दा मधेसी जनताप्रति सीमान्तकृत जनताप्रति र तराई बासीप्रति मुस्लिम समुदायप्रति र अल्पङख्यकप्रति अन्याय हुन सक्छ भन्ने हामीले महसुस गर्यौं र देशका प्रत्येक सीमान्तकृत वर्ग हाम्रो लागि त्यत्ति नै महत्त्वपूर्ण छ । सम्मान गछौं हातेमालो गछौं भन्ने सन्देश जाओस् भनेर सर्वसम्मत निर्वाचित गराएका हौँ ।’
उनले आफ्नो उम्मेदवारी तराई मदेशको भरोसा बोकेर आएको जनमत पार्टीसँग नभएको भन्दै निर्वाचनलाई चलायमान बनाउन आफूहरूले उम्मेदवारी दिएको बताए ।















