ब्रिटिश गोर्खाद्वारा वंशजको आधारमा नेपाली नागरिता माग
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले वंशजको आधारमा नेपाली नागरिकता पाउनु पर्ने माग गरेका छन् ।
आईतबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनीहरुले जीविकोपार्जनको लागि पनि आधारभूत सुविधाहरुको उपभोग गर्नु पर्ने बाध्यताको कारण बेलायती अंगीकृत नागरिकता लिनु परेको भन्दै नेपाली नागरिकताको माग गरेका हुन् ।
ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानका संयोजक सुन बहादुर तामाङले वशंजको नेपाली नागरिकता लिन सक्ने व्यवस्था संविधान संशोधन मार्फत सुनिश्चित गरी दिन आग्रह गरेका छन् ।
‘गोर्खाका नेपाल बाहिर जन्मेका सन्ततिहरुले स्वतः वशंजको नेपाली नागरिकता लिन सक्ने व्यवस्था संविधान संशोधनमार्फत सुनिश्चित गरी दिनु हुन नेपाल सरकार तथा सम्मानित व्यवस्थापिका संसद समक्ष, सम्पूर्ण यूके, हड्कङमा रहेका गोर्खाहरुको प्रतिनिधित्व गर्दै “ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समिति–युके÷नेपाल“ विनम्र अनुरोध गर्दछ ।’
वंशजको नेपाली नागरिकता कायम नरहेमा २२००० भु. पू गोरखाहरुले पेन्सन वापत प्रतिवर्ष प्राप्त गरिरहेको २० अर्ब रकमसमेत बेलायत पलायन हुने उनको भनाई छ ।
त्याग र बलिदानको कदर स्वरूप नेपाल सरकार कै सहमतिमा बेलायत बसोवासको लागि आवासीय अधिकार दिएको कारण गोरखाहरुको बेलायतमा अधिकारिक बसोवास शुरु भएको उनिहरुको भनाई छ ।








