सावित्राको टोली एथेना कपको फाइनल पुग्न असफल
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट बन्चित भएको छ ।
बिहीबार राति भएको खेलमा लिग च्याम्पियन किर्यात गातसँग पराजित भएपछि रानानाको यात्रा सेमिफाइनलमा रोकिएको हो ।
युरोपेली च्याम्पियन्स लिगको छनोट खेल्ने तयारीमा रहेको किर्यात गातले ३–० को जित निकाल्दै फाइनलको स्थान सुरक्षित गरेको छ ।
पछिल्ला खेलमा फराकिलो हार बेहोरेको रानानाले लिग च्याम्पियनविरुद्ध भने राम्रो प्रदर्शन गर्यो । नेपाली फरवार्ड साम्बाले बलियो प्रतिद्वन्द्वीविरुद्ध केही अवसर पाएपनि विपक्षी गोलरक्षक बाधक बन्दा गोल गर्न सकिनन् ।








