जीपी फाउन्डेसन अमेरिकाका अध्यक्ष घिमिरेलाई घानाले दियो ‘ग्लोबल मानवीय पुरस्कार’

Getting your Trinity Audio player ready...
|
न्यु योर्क / गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोम नाथ घिमिरे मानवीय पुरस्कार ग्लोबल-घाना बाट सम्मानित हुने भएका छन्।
‘मानवीय पुरस्कार ग्लोबल-घाना’ प्रत्येक वर्ष विश्व भरि बाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरूलाई छनौट गरेर दिइने बताइएको छ। यस वर्ष ३३ राष्ट्र बाट ४४ जनाले मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित हुदैंछन।
घिमिरेको नेतृत्वमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले कोरोना कहरका बेला समुदायमा गरेको कारणको मूल्याङ्कन गर्दै सम्मान गर्न लागिएको मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले जनाएको छ।
‘परिवर्तन निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समाजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न स्थापना गरिएको हो जसको कार्यहरूले समाजमा सकारात्मक प्रभाव पारेको छ।’ पुरस्कारको स्थापना बारेमा व्यवस्थापनले भनेको छ।
‘हामी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मानवीय पाठ्यक्रमलाई प्रभाव पार्न र च्याम्पियन बनाउन सक्रिय समर्पित दूतावासहरू र असाधारण व्यक्तिहरूलाई मानार्थ पुरस्कार प्रदान गर्न खडा भएका छौँ।’ पुरस्कारको स्थापना बारे भनिएको छ।
‘पुरस्कार ग्लोबलको व्यवस्थापनले तपाईँलाई तपाईँको उपलब्धिहरूको लागि एक मानार्थ पुरस्कार प्रदान गर्न पाउँदा गर्व छ। तपाईँले समाजमा खेल्नु भएको मानवीय कार्यको उच्च प्रशंसनीय छ र निरन्तरताको पनि कामना छ।’ व्यवस्थापनले घिमिरेलाई पठाएको इमेलमा भनिएको छ,’हाम्रो यस अनुरोधलाई विचार गर्दै स्वीकार गरिदिन हुन अनुरोध छ र हामी तपाईँलाई घानामा स्वागत र सम्मानका लागि तपाईँको उपलब्धता थाहा दिनुहुन विनम्र अनुरोध छ।’
घिमिरेले सम्मान ग्रहण गर्न अगस्ट २८ तारिख घाना जाने बताएका छन्।