घादिङ दुर्घटनाका घाईतेको उपचारको व्यवस्था गर्न सांसद पौडेलको माग

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले घादिङ बस दुर्घटनामा परी घाईते भएकाहरुको उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले वर्षै पिच्छे हुने यस्ता दुर्घट्नामा परेर २५ सयदेखि तीन हजार मानिसको मृत्यु हुने गरेको भन्दै दुर्घट्नाहरु रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ उपायका खोज्न समेत आग्रह गरे ।
उनले भने,वर्षै पिच्छे हुने यस्ता दुर्घट्नामा परेर २५ सयदेखि तीन हजार मानिसको मृत्यु हुने गर्छ । गृह मन्त्री हुुनुहुन्छ यस प्रकारका दर्घट्नाहरु रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ दुर्घट्ना रोक्ने उपायको खोजी गर्न आग्रह गर्न चाहन्छु । बिभिन्न अस्पतालमा उपचारत घाईतेको उपचारको व्यवस्था र उद्दारको लागि पहल गर्न आग्रह गर्दछु । ’