अवरुद्ध सदन खुल्यो, उपप्रधानमन्त्री खड्काले दलहरुबीच भएको सहमतिबारे गराए जानकारी
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । २८ दिनदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक बसेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक २८ दिनपछि छानविन समिति गठन गर्ने सहमति सँगै सदन बसेको हो ।
बुधबार सिंहदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच दुई बुँदे सहमतिसँगै सदन खुलेको हो ।
दलहरुबीच इलेक्ट्रिक सिगरेटमा लुकाएर ल्याएको सुन साथै ब्रेक सुमा हालेर तस्करी गरिएको सुनलगायतका घटनामा छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको छ ।
उपप्रधानन्त्री एवं गृहमन्त्रीले दलहरुबीच भएको दुई बुँदे सहमतिबाट सदनलाई जानकारी गराएका थिए ।








