५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस्को तयारी पूरा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घले आयोजना गर्न लागेको ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको तयारी पूरा भएको छ ।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले प्रतियोगितामा हाल सम्म एसियाली राष्ट्रका करिब २५ मुलुकहरूले सहभागिता निश्चित गरिसकेको जानकारी दिए । एसियाका मुलुकहरूले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा आयोजना हुने र एसियाली प्रतियोगितामा पुरुष तर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिएको उनको भनाई छ ।
उनले भने,यस प्रतियोगितामा हाल सम्म एसियाली राष्ट्रका करिब २५ मुलुकहरूले सहभागिता जनाई सकेको छ । एसियाका मुलुकहरूले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा आयोजना गर्दै छौ, एसियाली प्रतियोगितामा पुरुष तर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिएको छ । ’
सात दिन सम्म चल्ने यस प्रतियोगिताको पहिलो दिन भदौ १५ गते सबै राष्ट्रका खेलाडी स्वागत कार्यक्रम तथा खेलाडी दर्ता गरिने महासङ्घले जनाएको छ । ।
युवा तथा खेलकुद मन्त्रीको उपस्थितिमा भदौ १८ गते प्रतियोगिताको समुद्घाटन सत्र रहने छ ।
उक्त दिन १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ उक्त दिन १४ जना नेपाली खेलाडीहरूले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । भदौ १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ । उक्त दिन २४ जना नेपाली खेलाडीहरूले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै भदौ २० गते ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ । उक्त दिन ५ जना नेपाली खेलाडीहरूले ४ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । सोही दिन शारीरिक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबिच प्रतिस्पर्धा गराई मिस्टर एसिया २०२३ को घोषणा गरिने छ ।












