पदभार ग्रहण गरेपछि प्रधान्यायाधीश श्रेष्ठले भने ‘न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै अगाडि बढाउँछु’

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्याय सम्पादन प्रकृयालाई तिव्रता दिन न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार शितलनिवासमा पद तथा गोपनियताको सपश लिएका उनले लगत्तै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्दै न्याय सम्पादनलाई छिटो छरितो र विश्वसनीय बनाउने बताए ।
उनले भने, ‘ हामीलाई लागेको छ जिल्लादेखि सर्वोच्च अदालतसम्म न्यायाधीशको नियुक्ति अभिलम्व थाल्नुपर्ने जरुरी छ । जनशक्तिको अभावमा न्याय चाँडो नपाउने स्वभाविक नै हो । यहाँहरुको चासोलाई सकारात्कम रुपमा लिएको छु । र म यहाँहरुलाई यो विस्वास दिलाउन चाहान्छु म न्यायाधीश नियुक्तिको प्रकृया छिटो भन्दा छिटो अर्थात् औपचारीक अनौपचारीक रुपमा प्रकृया भोलिबाटै थाल्ने र यसमा नतिजा निकाल्न सक्ने लाग्दछु ।’
त्यस्तै उनले सबैभन्दा पहिला पुराना मुद्दाहरुलाई फछ्यौट गरेर जाने नीति नै लिएको उल्लेख गरे ।
श्रेष्ठले न्यायपालिका सुधारको लागि कायम मुकायम हुँदा खेरी नै केही कामको थालनि गरेको भन्दै कार्यगत अनुभवको आधारमा सबैको सहकार्यमा न्यायपालिकाको सुधारमा थप कार्य गरी न्यायक्षेत्रलाई सुधार गरेर जाने बताए ।
जनताको न्यायप्रतिको आशा डगमगाउन नदिने उनको प्रतिवद्धता छ ।