एनआरएनएको नेतृत्वमा यस पटक सर्वसम्मत हुने सम्भावना छ : डा. बद्री केसी (भिडियो सहित)
पेन्सिल्भेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा.बद्री केसीले आगामी निर्वाचनमा नेतृत्व सर्वम्वतबाट चयन हुने दाबी गरेका छन्।
समाज टाइम्स सम्वादमा आइतबार डा.केसीले यस्तो दाबी गरेका हुन्। एनआरएनको निर्वाचन आगामी अक्टोबर तेस्रो साता हुँदै छ।
अध्यक्षमा अहिले सम्म पाँच जना आकाङ्क्षी देखिएका छन्।
‘अहिले अध्यक्ष पदमा डा. हेम राज शर्मा, रविना थापा, महेश श्रेष्ठ, आरके शर्मा र मेरो दाबी छ तर हामी ५ जना मध्ये एक जनामा सहमति हुने सम्भावना धेरै छ।’केसीले भने।
उनले वर्तमान कार्यसमिति विवाद व्यवस्थापन समिति रहेको बताए। १० औँ महाधिवेशनमा आफू निर्वाचित अध्यक्ष हुने चाहना राखे पनि निर्वाचन हुन नसके पछि त्यो चाहना पुरा गर्न पुनः अध्यक्ष पदमा उम्मेदवार हुन चाहेको बताए ।
उनले आफ्नो टिमको महासचिव अमेरिका निवासी गौरी जोशी हुने बताए। उनले उपाध्यक्ष महेश श्रेष्ठलाई अर्को समूहले लगेको पनि गुनासो गरे।
केसी सँगको समाज टाइम्स सम्वाद

















