विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
संसदीय विशेष सुनुवाइ समितिले आज श्रेष्ठको नाम सर्वसम्मतिले पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन् । आज बिहान संसदीय सुनुवाई विशेष समितिले गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।
सुनुवाइअघि उजुरीकर्ताहरुसँग छलफल पनि भएको थियो । श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए । श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका थिए ।
श्रेष्ठले सर्वोच्च अदालतमा १४ महिना नेतृत्व गर्ने छन् । २०१६ साल असोज २० मा डोटीको सिलगढीमा जन्मिएका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।
उनी २०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका थिए । उनल २०८१ सालको असोज २० गते ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् ।