वीपी कोईराला पछि समाजवादको व्याख्या गर्न सक्ने नेता प्रदीप गिरि हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता वीपी कोईराला पछिको समाजवादको व्याख्या गर्न सक्ने नेता प्रदीप गिरि भएको बताएका छन् ।
सोमबार नेता स्व. प्रदिप गिरीको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा सभापति देउवाले गिरि धेरै समाजवादलाई बुझेको र नेता कोईराला पछिको समाजवादको व्याख्या गर्न सक्ने नेता भएको बताएका हुन् ।
उनले भने,‘ उहाँ समाजवादलाई बुझेको मानिस हुनुन्थ्यो । वास्तबमा भन्ने हो भने वीपी कोईराला पछिको समाजवादलाई बुझेको, समाजवादको व्याख्या गर्न सक्ने नेता प्रदीपजी हुनुहुन्थ्यो ।’
उनले गिरिले देखेका र लेखेका कुराहरुलाई अगाडि लिएर जान आवश्यक रहेको भन्दै भने,‘उहाँ अहिले हामीहरुबीचमा हुनुहुन्न । त्यसैले उहाँले देखेका कुराहरु छन् । लेखेका कुराहरु त्यसलाई हामीले अगाडि लिएर जानुपर्छ ।’