एमाले अध्यक्ष ओली इतिहासप्रति पूर्वाग्रही रहेको नेकपा एसका महासचिव भुसालको आरोप

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इतिहासप्रति पूर्वाग्रही रहेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौँमा आयोजित निरोज कट्टेलको २०८० झापा विद्रोहको अन्तर कथा विमोचन कार्यक्रममा उनले ओलीले माओवादी जनआन्दोलनको विषयलाई लिएर मिल्दा महान् र नमिल्दाा हत्यारा र आतङ्ककारी भन्ने गरेको भन्दै उनी उनी इतिहासप्रति पूर्वाग्रही रहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘फर्केर हेर्दा राजनीतिक नेतृत्वमा कमरेड ओलीले इतिहासको बारेमा जसरी बोल्छन् । माओवादीको जन आन्दोलनबारे जसरी बोल्छन् । राज्यले त्यसलाई इतिहासलाई अझै अगाडी लैजान्छौँ भनेर सहमति भएर अगाडि बढेको घट्नालाई आज फर्केर हेर्दा जति बेला मिलिन्छ त्यति बेला यो महान् कुरा भन्ने जति बेला मिलिदैंन त्यत्ति बेला यो हत्यारा आतङ्ककारी भन्ने? राजनीतिमा इतिहासप्रति यो डर लाग्दो र घृणास्पद कुरा छ ।’
उनले आजको युग इतिहासको भन्दा पनि अझ राम्रो, महान् र नयाँ क्रान्तिको पर्खाइमा रहेको तर्क गरे ।