विदेशी पैँचो लिनुपर्छ अब मलामी पनि
|
Getting your Trinity Audio player ready...
|
आकास केसी
यो भन्दा कति, बन्ला र देश दामी पनि
विदेशी पैँचो लिनुपर्छ अब मलामी पनि
मलाई उनको आउँछ, उनलाई आउन्न
यादहरुनी हुने रहेछन्, प्रतिगामी पनि
हतारमा देखिन्छन् मान्छेहरू जताततै
मृत्यु बिर्सेर दौडने गर्छन्,बिरामी पनि
प्रेम जीवित रहन्छ भने जुनी जुनीलाई
जति सक्छौ गरे हुन्छ,मेरो बदनामी पनि








