पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा ‘तीज पार्टी’ सेप्टेम्बर सोह्र तारिख
ल्यानक्यास्टर/ पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा हरितालिका तीजको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम हुने भएको छ।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाले कार्यक्रम आयोजना गर्न लागको हो।
एसोसिएसनकी कोषाध्यक्ष अञ्जलिका के.सी.का अनुसार सेप्टेम्बर १६ तारिख शनिवार ल्यानक्यास्टरको लिङ्कन हाइवे नजिक (291 Black Oak Driv,Lancaster17602) तीजको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम तय गरिएको छ।
कार्यक्रम साँझ पाँच देखि दश बजे सम्म हुने छ। ‘नेपाली नारीहरूको महान चाड तीजको उपलक्षमा हुन गइरहेको सांस्कृतिक कार्यक्रममा याहाँहरु लाई आउनुहुन अनुरोध गर्दछौ। टिकटको लागी सम्पर्क गर्नुहोला।’ एसोसिएसनको सूचनामा भनिएको छ।
तीज पार्टीमा सहभागी हुन टिकट खरिद गर्नु पर्ने छ। टिकट मूल्य तीन प्रकार कायम गरिएको छ।
१८ वर्ष भन्दा माथि उमेरकाले ३५ डलर तिर्नु पर्ने छ। तर संस्थाको सदस्यका लागि २५ डलर तोकिएको छ। १२ देखि १८ वर्ष सम्मका लागि १२ डलर टिकट मूल्य तय गरिएको छ।
एसोसिएसनको बोर्डमा नयाँ टिम आए पछि यो पहिलो कार्यक्रम हो। अर्चना शर्माको अध्यक्षतामा रहेको ११ सदस्यीय बोर्डका सबै पदमा महिला छन्।

नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाको नयाँ टिम
अध्यक्ष:अर्चना शर्मा
वरिष्ठ उपाध्यक्ष: राधा महर्जन
सचिव:अस्मिता श्रेष्ठ जोशी
कोषाध्यक्ष: अञ्जलिका के.सी.
कार्यकारी सदस्यहरू
भगवती जोशी
सुभद्रा माली
सिर्जना पन्त
करुणा बज्राचार्य
प्रमीला न्यौपाने
मन्दिरा खनाल
सीता थापा
मानार्थ/सल्लाहकार
मणिराम शर्मा पौडेल
श्रीमती मीना गिरी













