बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सेनाकाे उद्दार जारी
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली सेनाले, बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा खोज तथा उद्दार कार्य चलिरहेको जनाएको छ ।
मुस्ताङ्ग जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीको कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजारका स्थानीयहरुको घरमा थुप्रिएको लेदो हटाई बस्न योग्य बनाउने प्रहरीको प्रयास जारी रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त स्थानमा अवरुद्ध खानेपानी आपूर्ती सूचारु गर्न ८०० मिटर पाईप जडान गरी बस्तीसम्म पानी ल्याउने र विद्युत प्राधिकरणसँगको समन्वयमा विजुलीको पोल गाड्ने काम पनि भईरहेको सेनाले जनाएको छ ।
साथै उपल्लो मुस्ताङ जाने विदेशी तथा स्वदेशी नागरिकहरुलाई सहजिकरण गर्ने कार्य समेत गरिएको बताइएको छ ।







