फेसबुक ह्याक गरी रकम ठग्ने पाँच जना पक्राउ
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । अरुको फेसबुक आईडि ह्याक गरी रकम ठगि गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाडौं बस्ने सिमान्त लामा,रोहन तामाङ, अमन्त लामा, अनुप श्रेष्ठर कास्की घर भई हाल काठमाडौ नयाँबसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उनिहरुले फेसबुक ह्याक गरी बिभिन्न बाहानामा ओटिपी मागी चौध लाख अन्ठाउन्न हजारको कारोवार गरेको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, नयाँ बसपार्कबाट, कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाईएको प्रहरीले जनाएको छ ।








