प्रदीप गिरीको स्मृतिमा काठमाडौं – वनारस सेतु गाथा यात्रा गरिने

काठमाडौं । नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि वनारससम्म सेतु गाथा अभियान संचालन हुने भएको छ ।गिरीको प्रथम स्मृति दिवसको सन्र्दभ पारेर यही भदौ २ गतेदेखि ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमांडूदेखि काशीसम्म’ अभियान संचालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा स्वर्गीय प्रदीप गिरीका अनुयायी राम पल्टन साहले भदौ २ गते काठमाडौंको पुशुपतिनाथबाट विशेष कार्यक्रमका बीच पुजा अर्चनासहित सुरु हुने यात्रा स्वर्गीय प्रदिप गिरीको अस्तुसहित सुरु हुने यात्रा त्यो दिन हेटौडा पुग्ने जानकारी दिए ।
उनले तीन गने बेलुका बनारस पुग्ने र चार गते विधि पुर्वक गंगामा अस्तु विर्सजन गर्ने कार्यक्रम रहेको बताए । उनले नेपाल र भारतको विभिन्न आन्दोलन र जन जनमा रहेको सम्बन्धको सेतु जस्तै एक अर्काको सम्बन्ध प्रगाढ बनाउन स्वर्गीय गिरीले खेल्नु भएको भूमिकालाई समेत स्मरण गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
स्व. गिरीका शिष्य मन्दी भारतीले प्रदिप समाजवादी चिन्तक, लोकतान्त्रिक चेतनाले भरिपूर्ण व्यक्ति रहेको भन्दै उनको सम्झनामा यो अभियान चलाउन लागिएको बताए ।
यस्तै प्रदिपको भाई शेखर गीरिले प्रदिप सिमान्तकृत दलित, महिला र जनजातीको हकहितको लागि सधैँ आवाज उठाउँने व्यक्ति भएको भन्दै आफ्नो पुरातन संस्कृतिहरुलाई बचाउँने पक्षमा पनि लाग्ने गरेको स्मरण गरे ।
उनले प्रदिप गिरी विचारको कुरामा हिमनदी जस्तै सधैँ बगिरहने विचार बोकेर हिन्ने व्यक्तित्व रहेको बताए । यस्तै साहित्यकार धिरेन्द्र प्रमर्सीले पनि प्रदिपको प्रशंसा गर्दै उनले देखाएको विचार र उनको विचार लिएर अगाडि बढ्नु पर्ने आवश्यकता औँल्याए ।