एनआरएनए अमेरिकामा प्रवासी मञ्चको प्रभावकारी उपस्थिति, पहिलो पटक चार पदाधिकारी विजयी
|
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा यस पटक प्रवासी नेपाली मञ्चले प्रभावकारी उपस्थिति जनाएको छ।
प्रवासी नेपाली मञ्च अमेरिका नेकपा एमाले निकटहरूको संस्था हो। न्यु योर्कको गल्लीमा सीमित एनआरएनले अमेरिका मुलुक भर फैलिए पछि मञ्चका व्यक्तिले पहिलो पटक पदाधिकारीमा चुनाव जितेका हुन्।
शिवराम राई अध्यक्ष हुँदा सम्म एनआरएनए अमेरिका सीमित व्यक्तिको घेरामा थियो। पछि खगेन्द्र जिसी हुँदै डा. केशव पौडेलको पालामा यो संस्था व्यापक विस्तार भएको हो। राई मञ्च निकट हुन्। त्यस पछिका सबै अध्यक्ष नेपाली कांग्रेस निकट व्यक्ति निर्वाचित हुँदै आएका छन्। यस पटक पनि अध्यक्षमा कांग्रेस निकट डा. अर्जुन बन्जाडेले चुनाव जिते। बरिष्ठ उपाध्यक्ष विकास उप्रेति नेपाल विद्यार्थी संघको राजनीति गरेर आएका व्यक्ति हुन्।
हाल मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष रहेका सञ्जय थापा सन् २०१९ चुनावमा तेस्रो भएका थिए। यस अगाडिको निर्वाचनमा मञ्चले कृष्ण लामिछानेको टिमलाई सहयोग गरेको थियो।
अध्यक्ष थापा स्वयम सन् २०१४ पछि आफू भोट हालेको व्यक्तिले अध्यक्षमा जितेको पहिलो पटक भएको बत्ताउँछन्। यस पटक अध्यक्षमा बन्जाडेलाई समर्थन गरेको मञ्चले उपाध्यक्षमा दुई जना आफ्नो उम्मेदवार जिलाउन सफल भएको छ।
प्रेम तामाङ र नेत्र पाण्डे उपाध्यक्षमा विजयी भए। यद्पी तामाङलाई नेकपा माओवादी निकटको जन प्रगतिशील मञ्चले आफ्नो मान्छे भनेको छ।

यस्तै सचिवमा विजयी दीपक सापकोटा पनि मञ्चको सिफारिसमा परेका उम्मेदवार हुन्। अघिल्लो पटक स्वतन्त्र उम्मेदवार बनेका उनी बोर्ड अफ डाइरेक्टरमा पराजित भएका थिए।
महिला सचिवमा विजयी शान्ति पौडेल र महिला संयोजकमा विजयी सुनिता खत्री पनि मञ्च समर्थित उम्मेदवार हुन्।
क्षेत्रीय संयोजक (दक्षिण क्षेत्र) मोहन न्यौपाने, सदस्य बल राई र महिला सदस्यमा विजयी सृजना शर्मा पनि मञ्च निकट हुन्।
मञ्चले चार वटा च्याप्टर सभापतिमा पनि आफ्ना उम्मेदवार जिताउन सफल भएको छ। न्युह्यामसार च्याप्टर सभापति कमल ढुङ्गाना, म्यासाचुसेट्स च्याप्टर सभापति प्रचण्ड श्रेष्ठ, टेक्सस च्याप्टर सभापति दीपेन्द्र गुरागाईँ, नेब्रास्का च्याप्टर सभापति दुर्गा प्याकुरेल मञ्च निकट हुन्।
सदस्यमा निर्वाचित मोहन कुसारी जन प्रगतिशील (नारायण कणेल) समूह निकट हुन्। कणेल समूहबाट दुई च्याप्टर सभापतिले जितेका छन्। ओहायो च्याप्टर सभापति विजेता होत्तराम विक र इलोनइ च्याप्टर सभापति विजेता बलराम पोखरेलले कणेल समूहका हुन्।
आइसीसीमा सदस्यमा विजयी छत्र गुरुङ प्रवासी मञ्च निकट हुन्। यस्तै आइसीसीमा विजयी अर्का सदस्य टंक रेग्मी जनप्रगतिशिल निकट हुन्।
मञ्चको सिफारिसमा बोर्ड अफ डाइरेक्टरमा उम्मेदवार बनेर हारेकामा श्रीकृष्ण गौतम र सञ्जय केसी रहेका छन्। यस्तै च्याप्टर सभापतिमा हार्नेमा केन्टकीमा अर्जुन किशोर न्यौपाने र भर्जिनियामा विजय बगाले मञ्च निकट हुन्।
त्यसो त मञ्चले यस पटक सदस्य बनाउँदा देखि नै धेरै मेहनत गरेको थियो। भीम ओलीको नेतृत्वमा मञ्चले सदस्यता विस्तार अभियान नै चलाएको थियो। सदस्य विस्तार टोलीको सदस्यमा मनिता ढुङ्गाना, गोकर्ण दाहाल, गोपाल कणेल र गोविन्द खनाल रहेका थिए।
मञ्चले २३ सय हाराहारीमा सदस्य बनाएको दाबी गरेको थियो।
मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष थापाले निर्वाचनको वेला जस्तो सम्बन्ध थियो निर्वाचित भए पछि कम्तीमा त्यो सम्बन्ध कायम रहोस् भन्ने चाहेको बताए।
‘मैले भोट हालेको अध्यक्ष जित्ने तपाई पहिलो हुनु भयो त्यस कारण भोली ड्यासफोरामा मैले भोट हालेर जितेको अध्यक्षले फलानो फलानो काम राम्रो गर्नु भयो भन्न पाउँ’ बन्जाडेलाई बधाई दिने क्रममा थापाले भनेका छन्,’ परिवर्तनको नारा दिएर निर्वाचित तपाईँलाई नराम्रो काम वा यथास्थितिमा मात्र एनआरएनएलाई राख्ने छुट छैन।’
थापाले चुनावको बेलामा बन्जाडेलाई आफ्नो सङ्गठनले सहयोग गरे पनि अब हस्तक्षेप नगर्ने बताएका छन्।
‘सरसल्लाहको वातावरण बनाउनु भए भयो तपाईँको सहयोगी बन्ने मन छ, अनावश्यक हस्तक्षेप गर्दिन’ थापाले भनेका छन्,’ मञ्चका सदस्यहरू जो निर्वाचित भए अव एनआरएनएको समवन्धमा हाम्रो हुईप हुँदैन तपाईँको निर्देशन पालना गर्नेछन।’
एनआरएनए अमेरिका निर्वाचन : प्रवासी मञ्चको समर्थन डा. बञ्जाडेलाई, दुई उपाध्यक्ष सहित दश पदमा उमेदवारी
र यो नि…
एनआरएनए आइसीसीमा अमेरिकाबाट झन्डै दर्जन उम्मेदवार, अध्यक्ष र महासचिवमा दुई-दुई जना













एनआरएनएको ११ औं विश्व सम्मेतल अक्टोबर १७ देखि काठमाडौंमा
August 6, 2023 @ 11:36 pm
[…] एनआरएनए अमेरिकामा प्रवासी मञ्चको प्र… […]