गृहमन्त्रीको भाषण सुन्छु, सदन चलाउनुस् गरी खानुस् भनेको थिएँ र मैले? : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले, संसदमा गृहमन्त्रीले बोल्ने भनेपछि सदन चल्न दिने गरी सहमति भएको भनेर गलत हल्ला चलाइएको टिप्पणी गरेका छन् ।
बुधबार ललितपुरको च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले, बालुवाटारमा भएको छलफलमा सुनकाण्डबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउने भनेपछि सदन चल्न दिने कुरा भएको भन्ने प्रचार भएको भन्दै उनले त्यसप्रति आक्रोश पोखे ।
भन्सार समेत नियन्त्रण गर्न योग्य नभएको गृहमन्त्रीले सदनलाई सम्बोधन गर्ने र आफूहरुले सुन्नु पर्ने भन्दैमा आफूले सुन जे सुकै होस् सदन चलाउँनुस् गरी खानुस भन्न नसक्ने उनको तर्क छ ।
‘गृह मन्त्रीले मात्र बोल्ने रे जो भन्सार नियन्त्रण गर्न योग्य छैन् । जो अरुमाथि नचाँहीदो आरोपीत लान्छीत गरेर अरु तिर संकेत गरेर हिड्छ उल्ले भाषण गर्ने रे अनि सांसदहरुले नपाउँने रे । ’ आफूले त्यस्तो सहमति गर्नै नसक्ने भन्दै उनले भने ‘गृह मन्त्रीले भाषण गरेपछि चलाउँन दिने रे । गृह मन्त्रीको भाषण त्यस्तो पवित्र उनको भाषण एकपटक सुन्न पाउँन त्यति भएपछि सुन जे सुकै होस् सदन चलाउँनुस् गरी खानुस भनेर आएको थिए र म । त्यस्ता कुरा गर्ने ?’
सभामुखलाई बाध्य पारेर सरकारले सदन एक हप्ता सारेको उनको आरोप छ ।
उनले भने ‘हिजो सभामुखले रोक्दीनु भयो सभामुखलाई बाध्य पारेर किन रोक्छ सरकारले । सारे पनि आजलाई सार्नु पर्छ नि एक हप्ता रे ।’