११ औं राष्ट्रिय खेलकुद मधेस प्रदेशमा आयोजना गर्न सरकार सकारात्मक’
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
सिमरा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा आयोजनाका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।
शनिबार सिमरामा जीतपुरसिमरा उपमहानगरपालिका र नवजनजागृती युवा क्लब सिमराले राखेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले मधेस प्रदेश सरकार र स्थानीय सरकारले अनुकुल वातावरण बनाए मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ११ औं राष्ट्रिय खेलकुद मधेस प्रदेशका जिल्लामा गर्ने निर्णयका लागि तयार रहेको बताए ।’हामी तयार छौँ, यहाँका स्थानीय सरकार र मधेस प्रदेश सरकारले बढी पहल गर्नुपर्यो’ मन्त्री लिम्बूले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै राखेप सदस्य सचिब टंकलाल घिसिङले सिमरा, बिरगंज र जनकपुरलाई केन्द्रीत गरि ११ औं खेलकुद गर्न सकिने बताउनु भयो । त्यसका लागि भएका पुर्वाधारको स्तरोन्नति र नयाँ पुर्वाधार निर्माणलाई स्थानीय सरकारले समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सिमरा रंगशाला तथा उपमहानगरपालिका भित्रका अन्य पुर्वाधारहरु निर्माण तथा स्तरोन्नतिका बिषयमा मन्त्री लिम्बूको ध्यानाकर्षण गराउदै ज्ञापनपत्रसमेत बुझाउनु भएको थियोे ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण नेपाल खेलकुद पत्रकार मन्च बाराका अध्यक्ष सुनिल गाउँलेले गर्नुभएको थियोे ।















