एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । चीनको हाङ्झाउमा हुने १९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।
राष्ट्रिय खेलकुद परिषद् राखेपलाई नेपाल क्रिकेट संघ(क्यान) ले पठाएको १५ सदस्य टोलीमा घोषणा भएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन्। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको सो टोलीमा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन्।
टी–२० फर्म्याटमा हुने खेलमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टोलीमा अटाउन सकेनन्।
नेपालले तीव्र गतिका बलरमा सोमपाल, करण, गुलशन झा र प्रतिश जिसीलाई बोलाएको छ।
नेपाली टोलीका सदस्य :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)।















