एनआरएनएको सिईओमा विवादित राउत पुनः नियुक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको नयाँ कार्यकारी अध्यक्ष (सिईओ) मा विवादित व्यक्ति राजेन्द्रकुमार राउत पुनः नियुक्त भएर आएका छन् ।
कोरोना महामारीका बेला समेत एनआरएनएको प्रोजेक्टमा काम गरेका उनले त्यतिबेला वद्री केसीसँग मिलेर रकम हिनामिना गरेको आरोप खेपेका थिए । वर्तमान कार्यसमितिको नेतृत्व कुल आचार्य आएपछि राजिनामा दिएका उनले अहिले वद्री केसी नै कार्यकारी अध्यक्ष भएका बेला उनी पुनः सिईओ भएर आएका हुन् ।
आइएलओबाट आएको रकम केसीसँग मिलेर हिनामिना गरेको भन्दै त्यतिबेला उनको खुबै विरोध भएको थियो । राउतले छाडेपछि रवि किरण अधिकारीले गत वर्षको साउन २० गते सिईओको कार्यभार सम्हालेका थिए ।
तर अहिले बद्रीले नेतृत्व लिएपछि अधिकारीले सिईओ छोड्दा पुरानै व्यक्तिको पुनर्नियुक्ति भएपछि भने अहिले एनआरएनए भित्र यी दुईको ‘मिलिभगत’ भन्दै चर्चा पनि सुरु भइसकेको छ । त्यतिबेला ९० हजार डलरको काण्ड सार्वजनिक भएको थियो ।