पूर्वमन्त्री खाँडलाई राज्यले फसाएको, कांग्रेस सह महामन्त्री यादवको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बालकृष्ण खाँणलाई राज्यले नियोजितरुपमै फसाएको आरोप लगाएका छन् ।
आइतबार बसेको केन्द्रीय समिति बैठकमा उनले खाँणमाथि राज्यले नियोजित रुपपमै ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाएको आरोप लगाए ।
‘हाम्रो आदरणीय नेता बालकृष्ण खाँणजीलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ । उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ । ’
उनले खाँणमाथि अहिले अभियोग मात्र लागेको भन्दै अभियोग लाग्दैमा कारागारमा राखिएको भन्दै आक्रोश पोखे ।