विदेशीको नक्कल गर्ने क्रम बढ्यो : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली समाजमा विदेशीको नक्कल गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
४५ औं पुष्पलाल स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पुष्पलाल मौलिकतामा उभिएर अगाडि बढ्न चाहाने व्यक्तित्व भएको भन्दै उनको विचारमा अगाडि बढ्ने हो भने बाह्य शक्तिहरुबाट प्रभावित समाजलाई सुधार्नु पर्ने उनको तर्क छ ।
‘बाहिरी शक्तिहरुको ठाडो नक्कल गर्ने प्रवृत्तिबाट हामी आक्रान्त छौ, बेला बेलामा बाहिय शक्तिहरुको प्रभावबाट हामी प्रभावित हुने, नक्कल गर्ने यस्तो कुराहरुबाट प्रभावित छौ ।’ उनले भने ‘तर पुष्पलाल मौलिकतामा उभिएर अगाडि बढ्न चहाने व्यक्तित्व हुन् । उनको कुनै देशको नक्कल गरेर होईन् आफ्नौ मौलिकता लिएर जानुपर्छ भन्ने मान्यता थियो ।’
पुष्पलाल नेपाल कम्युनिष्ट आन्दोलनको प्रारम्भकर्ता पनि भएको उनको टिप्पणी छ।
उनले कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने विषयमा पार्टीभित्र सिद्धान्त र विचार हुनु आवश्यक भएको भन्दै जनताको पक्षमा, जनताको लागि काम नगर्ने हो भने कम्युनिष्ट पार्टी बन्न नसक्ने बताए ।
उनले भने, ‘कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने कुरा गर्दै गर्दा संगठनको कुरा महत्वका साथ बुझ्नु पर्छ । सिद्धान्त, समृद्धी र विचार भएको संगठन चाहिन्छ संगठनको गीत गाएर मात्रै केही हुदैँन् । जनताको पक्षमा उभिनु पर्छ, जनताको लागि काम नगर्ने हो भने कम्युनिष्ट पार्टी बन्न सक्दैन् ।’